लुम्बिनीका नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण

नेपालभ्युज

लुम्बिनीका नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त सात मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले बिहीबार सरकारलाई पूर्णता दिँदै सात जना मन्त्री नियुक्त गरेका थिए ।

नियुक्त भएका मन्त्रीहरूमा नेकपा एमालेबाट दिनेश पन्थी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल र रत्नबहादुर खत्री छन्।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्ग बस्नेत र नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी छन्।

यसअघि माओवादी केन्द्रबाट कृष्णा केसीको नाम मन्त्रीको सूचीमा रहे पनि अन्तिम समयमा उनले अस्वीकार गरेकी थिइन्।

नवनियुक्त मन्त्रीहरूको विभागीय जिम्मेवारी भने तोकिएको छैन। सबैलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गराइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved