लुम्बिनीमा एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीकी अधिकारी बनिन् मन्त्री

नेपालभ्युज

लुम्बिनीमा एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीकी अधिकारी बनिन् मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका छन् ।

एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री महराले अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि बिहीबार नै महराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री नियुक्त गरेका थिए । यससँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।

नवनियुक्त मन्त्रीको शपथ आज बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved