वर्गीकरण नगरेको भन्दै महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

नेपालभ्युज

वर्गीकरण नगरेको भन्दै महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ ।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले मंगलबार अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिएको हो ।

हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिकोले अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताए ।

अस्पतालमा फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना नभएकोसमेत श्रेष्ठले बताए ।

अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved