ललितपुरको एक घरमा अचेत फेला परेका दुई बच्चाको मृत्यु

नेपालभ्युज

ललितपुरको एक घरमा अचेत फेला परेका दुई बच्चाको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित  एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको छ।

शनिबार अपराह्न अचेत अवस्थामा  फेला परेका उनीहरुको  मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार मृत्यु हुनेमा ६ वर्षीय बालक र दुई वर्षीया बालिका हुन् । उनीहरुको मृत्यु के कारणले भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

अस्पताल लगिएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।  प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved