गाडीबाट खसेर हवल्दार मृत्यु प्रकरण : छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

नेपालभ्युज

गाडीबाट खसेर हवल्दार मृत्यु प्रकरण : छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

काठमाडौं । प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको प्रकरणमा उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको छ ।

ड्यूटी सकेर ड्यूटी फर्किँदै गर्दा गएराति ११ः१५ बजे प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर हेमराज एलजीको मृत्यु भएको थियो ।

घटनापछि भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ ।

यसबारे छनबिन गर्न उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन गरेका हुन् ।

समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved