पतिसँग अलग भइन् बलिउड अभिनेत्री इशा देओल

नेपालभ्युज

पतिसँग अलग भइन् बलिउड अभिनेत्री इशा देओल

काठमाडौं । बलिउड अभिनेत्री ईशा देओलले विवाहको १२ वर्षपछि पति भरत तख्तानीसँग सम्बन्धविच्छेद गरेकी छन् ।

२०२० मा इशाले लेखेको किताबमा समेत उनले आफ्नो दोस्रो छोरी जन्मिएपछि पति भरत आफूसँग टाढिन थालेको उल्लेख गरेकी थिइन् ।

पछिल्ला बर्सहरूमा इशा र भरतको सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको थियो ।

दुवैले एक संयुक्त विज्ञप्ति जारी गरेर आपसी सहमतिमा अलग भएको बताएका छन् ।

अब आफ्ना दुई छोरी ६ वर्षीय मिराया र ४ वर्षीय राध्याको सह–पालिकामा ध्यान केन्द्रित हुने बताएका छन् । ४२ वर्षीय इशाले भरतसँग २०१२ मा विवाह गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved