एकदिन पनि ‘हिरासत’ नबसी छुटे अरुण चौधरी, भीआईपी क्याबिनबाटै ‘डिस्चार्ज’ !

सीआईबीको महाराजगन्जस्थित आफ्नै हिरासत छ । पक्राउ परेकालाई त्यही राखिन्छ । चौधरीलगायतलाई पक्राउपछि अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दियो । तर, उनीहरुलाई अस्पतालमा लगियो ।

नेपालभ्युज

एकदिन पनि ‘हिरासत’ नबसी छुटे अरुण चौधरी, भीआईपी क्याबिनबाटै ‘डिस्चार्ज’ !

काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा सातादिनअघि पक्राउ परेका व्यवसायी अरुण चौधरी एक दिनपनि ‘हिरासत’ नबसी मुक्त भएका छन । उनको रिहाइपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘उनको रिहाइ कि डिस्चार्ज भन्दै व्यङ्ग्य गरेका छन् ।

उनीसहित छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा ग्राण्डी अस्पतालको भीआइपी क्याबिनमा थिए ।

सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर मात्रै हिरासत बसे । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका हुन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

चौधरी र थापा केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सातदिनअघि पक्राउ गरेपनि एक दिनपनि हिरासत बसेनन् ।

हिरासत छल्न बिरामीको ‘बहाना’, तन्दुरुस्त अरुण चौधरी ग्रान्डीको भीआईपी क्याबिनमा

पक्राउलगतै हिरासत छल्न उनीहरु अस्पतालको सुविधासम्पन्न क्याबिनमा गएका थिए । सीआइबीको महाराजगन्जस्थित आफ्नै हिरासत छ । पक्राउ परेकालाई त्यही राखिन्छ ।

चौधरीलगायत पक्राउ परेकै दिन बिहीबारै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दियो । तर, उनीहरुलाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा लगियो ।

चौधरी र थापा फौजदारी मुद्दाअन्तर्गत बिहीबार पक्राउ पर्नुअघिसम्म तन्दुरुस्त नै देखिन्थे । तर पक्राउ परेलगत्तै प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगञ्जस्थित चिरायु अस्पतालको सुविधा सम्पन्न क्याबिनमा बसेका थिए । त्यसपछि उनीहरू शुक्रबार झनै महँगो अस्पताल ग्राण्डी पुगेका थिए ।

प्रहरीले पक्राउ गर्दाको अवस्थामा स्वस्थ रहेका चौधरी र थापालाई अदालतले हिरासतमा राख्न अनुमति दिएसँगै ‘अस्वस्थ’ भएको बहाना गरेका थिए ।

चौधरीको उद्देश्य जुत्ता कारखानामा शेयरअनुसार लगानी गर्नेभन्दा जग्गा हत्याउने !

उनीहरू मात्र होइन, विभिन्न अपराधमा पक्राउ परेका आरोपित तथा अभियुक्तहरू नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका कैयौँ घटनाहरू भइरहेका छन् ।

अदालतले अनुसन्धानको लागि चारदिन म्याद दिएपछि उनीहरू हिरासत नगई अस्पताल गएका हुन् । यो घटनापछि प्रहरी प्रशासनका साथै उपचारमा संलग्न चिकित्सकको नियतमा पनि प्रश्न उठेको छ ।

अख्तियारले ‘बाइपास’ गरेका अरुण चौधरी सीआईबीको फन्दामा !

बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’

विनोद चौधरी तत्काल पक्राउ नपर्ने, जग्गा हिनामिना अनुसन्धान भने जारी रहने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved