हिरासत छल्न बिरामीको ‘बहाना’, तन्दुरुस्त अरुण चौधरी ग्रान्डीको भीआईपी क्याबिनमा

प्रहरीले पक्राउ गर्दाको अवस्थामा स्वस्थ रहेका चौधरी र थापालाई अदालतले हिरासतमा राख्न अनुमति दिएसँगै ‘अस्वस्थ’को बहाना पारेको जानकारहरू बताउँछन् ।

नेपालभ्युज

हिरासत छल्न बिरामीको ‘बहाना’, तन्दुरुस्त अरुण चौधरी ग्रान्डीको भीआईपी क्याबिनमा

काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पतालमा छन् ।

व्यवसायी अरुण चौधरीको समूहको उद्देश्य छाला जुत्ता कारखानामा शेयरअनुसार लगानी गर्नेभन्दा जग्गा हत्याउने रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

सम्झौताअनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।

सोही अभियोगमा पक्राउ परेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरूलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको सीआईबीले जनाएको छ । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरूलाई सारिएको सीआईबीको दाबी छ ।

चौधरीको उद्देश्य जुत्ता कारखानामा शेयरअनुसार लगानी गर्नेभन्दा जग्गा हत्याउने !

उनीहरू दुवैजना फौजदारी मुद्दाअन्तर्गत बिहीबार पक्राउ पर्नुअघिसम्म तन्दुरुस्त नै देखिन्थे । तर पक्राउ परेलगत्तै प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगञ्जस्थित चिरायु अस्पतालको सुविधा सम्पन्न क्याबिनमा बसे । त्यसपछि उनीहरू शुक्रबार झनै महँगो अस्पताल ग्राण्डी पुगे ।

प्रहरीले पक्राउ गर्दाको अवस्थामा स्वस्थ रहेका चौधरी र थापालाई अदालतले हिरासतमा राख्न अनुमति दिएसँगै ‘अस्वस्थ’ भएको बहाना गरेको आरोप छ ।

उनीहरू मात्र होइन, विभिन्न अपराधमा पक्राउ परेका आरोपित तथा अभियुक्तहरू नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका कैयौँ घटनाहरू भइरहेका छन् ।

उनलाई पक्राउ परेकै दिन बिहीबारै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत जिल्ला अदालतमा पेस गरिएको थियो ।

बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’

अदालतले अनुसन्धानको लागि चार दिन म्याद दिएपछि उनीहरू हिरासत नगइ अस्पताल गएका हुन् । यो घटनापछि प्रहरी प्रशासनका साथै उपचारमा संलग्न चिकित्सकको नियतमा पनि प्रश्न उठेको छ ।

प्रहरीको हिरासतमा रहेका जो-कोहीको पनि स्वास्थ्यमा समस्या आए उपचारका लागि सरकारी अस्पताल लैजानुपर्ने नियम छ । कहिलेकाहीँ अवस्था हेरेर हिरासत नजिकैको निजी अस्पताल लगिनु अस्वाभाविक होइन ।

तर, चौधरी र थापाको हकमा भने अचानक अस्वस्थ भएको भन्दै अस्पताल लगियो । उनीहरूलाई के-कति कारणले अस्पताल भर्ना गरिएको हो भन्नेबारे अस्पतालले समेत जानकारी गराएको छैन ।

विगतमा पनि धेरै जना पक्राउ आरोपित पहुँचका आधारमा हिरासत छल्न अस्पताल भर्ना हुने गरेका थिए । पछिल्लो पटक बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितमध्येका एक भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङ पनि अस्पताल भर्ना भएका थिए ।

त्यो हिरासत छल्नकै लागि थियो । उनी त करिब ६० दिन त्रिवि शिक्षण अस्पतालको क्याबिनमा भर्ना भएका थिए । उनले त्यहाँ मोतियाविन्दुको शल्यक्रिया गराएका थिए ।

अदालतबाट बिगोसहितको धरौटी पाएपछि मात्रै एक दिन हिरासत नबसी उनी अस्पतालबाट पनि डिस्चार्ज भएका थिए ।

पूर्वसभामुख कृष्णबहादुर महरा पनि पक्राउ परेको केही दिनपछि स्वास्थ्यमा समस्या आएको दाबी गर्दै नर्भिक अस्पताल भर्ना भएका थिए ।

अख्तियारले ‘बाइपास’ गरेका अरुण चौधरी सीआईबीको फन्दामा !

बलात्कार अभियोग लागेका उनी हिरासत छल्न २४ दिन अस्पतालको क्याबिनमा बसेका थिए । पछि अदालतले जेल पठाएपछि जेल मात्रै जेल गएका थिए ।

कुनै पनि व्यक्ति कस्तो समस्या लिएर अस्पताल आएको छ भन्ने अवस्था हेरी भर्ना गर्ने भन्ने एउटा दायरा हुन्छ ।

हरेक अस्पताल वा निश्चित रोगका विशेषज्ञले कस्तो अवस्थामा कसरी उपचार प्रक्रिया अगाडि बढाउने भन्ने मापदण्ड बनाएका हुन्छन् ।

यस्तै, नेपाल मेडिकल काउन्सिलको ‘कोड अफ इथिक्स’ मा पनि चिकित्सकलाई कुनै पनि व्यक्तिलाई फाइदा पुग्नेगरी आफ्नो चिकित्सकीय हैसियत प्रयोग गरेर गलत प्रमाणपत्र जारी गर्न नहुने उल्लेख छ । यस्तो गलत कार्यमा संलग्न चिकित्सकलाई काउन्सिलले कारबाहीसमेत गर्न सक्छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार कसैलाई यदि चिकित्सक र आरोपी मिलेर बिरामी भएको नाटक गरेकोजस्तो लाग्छ भने उसले उजुरी भने गर्न सकिन्छ ।

जानकारहरू भन्छन्, “गलत ढङ्गले अस्पताल भर्ना गर्न र डाक्टरले पक्राउ परेका बिरामीलाई सुविधा दिन अस्पताल भर्ना गर्छ भने उसलाई पनि कानूनी कारबाही हुनुपर्छ ।’

विनोद चौधरी तत्काल पक्राउ नपर्ने, जग्गा हिनामिना अनुसन्धान भने जारी रहने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved