संसदमा सभामुख– कांग्रेस टकराब, कांग्रेसको विरोधको अनदेखा 

नेपालभ्युज

संसदमा सभामुख– कांग्रेस टकराब, कांग्रेसको विरोधको अनदेखा 

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस  र सभामुखबीच झनै टकरावको स्थिति देखिएको छ ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसले नाराबाजी सुरू गरे पनि बैठक अघि बढाएपछि कांग्रेस सांसद् झनै आक्रोशित भएका हुन् ।

संसद् बैठक सुरू हुनुबित्तिकै नेपाली कांग्रेसका सांसदहरूले उठेर नाराबाजी गरे पनि सभामुखले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । विरोधका बीच बैठक चलाएको भन्दै राप्रपाका सांसद् पनि उठेर विरोध जनाए ।

सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेसका सांसदले बोल्न जान दिएन । त्यसपछि एमालेका सांसद र कांग्रेसका सांसद्बीच समेत ठेलमठेल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved