अमेरिकाले भारतलाई दियो १११ रनको लक्ष्य

नेपालभ्युज

अमेरिकाले भारतलाई दियो १११ रनको लक्ष्य

काठमाडौं  । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ ।

बुधबार राति अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा  भारतीय टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि  पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११० रन जोडेको हो ।

अमेरिकाका लागि स्टीभन टेलर २४, कोरी एन्डर्सन १५ र कप्तान अरोन जोन्सन ११ रनमा आउट हुँदा शैडली वान शाल्कविक ११ रनमा अविजित रहे। बलिङतर्फ भारतका अर्शदीप सिंहले चार ओभरमा मात्रै ९ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved