काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट पाँच जना बाल श्रमिकको उद्धार गरेको छ ।
उनीहरूलाई महानगरको बाल उद्धार टोलीले सिंहदरबारस्थित केन्द्रीय सर्भिस सेन्टरको भवनभित्र रहेको केन्द्रीय चमेना गृह, ऊर्जा मन्त्रालयको क्यान्टिन लगायतबाट उद्धार गरेको हो ।
महानगरले केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ । त्यसकै क्रममा बुधबार सिंहदरबारभित्र अनुगमन गरिएको थियो ।
काठमाडौं महानगरको बाल उद्धार टोलीले अहिलेसम्म १९ जना बालिका र १८ जना बालक गरी ३७ जनालाई जोखिमबाट उद्धार गरिसकेको जनाएको छ । उनीहरूलाई विभिन्न ६ वटा संरक्षण गृहहरूमा राखेका छन् ।
उद्धार गरिएका बालबालिकाहरू घरेलु श्रमिक, होटेल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका र संरक्षणको आवश्यकता भएका ) का बालबालिकाले आफू जोखिममा रहेको खबर गरेपछि उद्धार गरिएको थियो ।
Facebook Comment
Comment