काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने लगायतका विषयमा छलफल भएको बताइएको छ । यस्तै बजेटमा रहेका कतिपय विषय सच्चाउन समेत अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई आग्रह गरेको बताइन्छ ।
भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए । उनले भने ‘भेट राम्रो भयो ।’
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला भएको यो छलफललाई अर्थपूर्ण मानिएको छ ।
Facebook Comment
Comment