नयाँ नेतालाई बाबुरामको सुझाव- पुराना नेताहरू धृतराष्ट्र बनिसक्नुभयो, बाहुपाशमा धेरै नकस्सिनुहोला

‘धृतराष्ट्र र बाहुपास भन्ने हामी सबैलाई थाहा छ । बहुत माया गरेर उनले बाहुपाश गर्थे, मर्थ्यो रे । धृतराष्ट्र जुन बनिसक्नुभएको छ, हाम्रा सत्ताका पुराना साथीहरू । उहाँहरूको बाहुपाशमा धेरै नकस्सिँदा नै राम्रो होला ।’

नेपालभ्युज

नयाँ नेतालाई बाबुरामको सुझाव- पुराना नेताहरू धृतराष्ट्र बनिसक्नुभयो, बाहुपाशमा धेरै नकस्सिनुहोला

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टीका नेताहरूले पुराना पार्टीका नेताहरूसँग सम्बन्ध राख्दा होसियारी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

महाभारतका चर्चित पात्र धृतराष्ट्रको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘धृतराष्ट्र र बाहुपाश भन्ने हामी सबैलाई थाहा छ । बहुत माया गरेर उनले बाहुपाश गर्थे, मर्थ्यो रे । धृतराष्ट्र जुन बनिसक्नुभएको छ, हाम्रा सत्ताका पुराना साथीहरू । उहाँहरूको बाहुपाशमा धेरै नकस्सिँदा नै राम्रो होला ।’

बुधबार आयोजित नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले आफू पनि ती नेताहरूको छेउछाउ पुगेको बताए ।

‘मचाहिँ कस्सिएरै त होइन, नजिकनजिक पुग्दाखेर पनि, खगेन्द्र संग्रौला जस्ता साथीले अझै जिउँदै छस् र भनिराख्नुभएको छ, अरुलाई के परेको होला । त्यसैले त्यो बाहुपास बडो खतरनाक हुनसक्छ । त्यसबाट बच्नुहोला ।’

कार्यक्रममा नयाँ पार्टीका नेताहरू रवि लामिछाने, सीके राउत, रेशम चौधरी, प्रभु साह, समीक्षा बाँस्कोटा लगायतलाई मात्रै बोलाइएको थियो । उनीहरू लगायतले मात्रै सम्बोधन गरेका थिए ।

कार्यक्रममा नयाँ पुस्ताका नेताहरूलाई वैकल्पिक राजनीतिको बिडो सुम्पेर संसारबाट बिदा हुने आफ्नो सपना भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved