मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

महोत्तरी ।  महोत्तरीमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । बर्दिवास-जलेश्वर सडक खण्डको औरही नगरपालिका १ औरही बजार चौक भन्दा करिब १५० मिटर उत्तरमा ज १२ प ८८३५ नम्बरको मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका १२ बिजलपुरा चल्की टोल निवासी ७० वर्षीय इस्लाम अन्सारी रहेका छन् । औरही बजार तर्फ आउदै गरेका अन्सारीलाई तिब्र गतिमा रहेको मोटरसाईकलले ठक्कर दिएको थियो ।

घाइते अन्सारीको औरही नगरपालिका १ औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा प्रारम्भीक उपचार गरी बर्दिवास अस्पताल लैजाने क्रममा बाटोमै मृत्युभएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक सुर्य वहादुर राणा मगरले जानकारी दिए ।

ठक्कर दिने मोटरसाईकल चालक गौशाला नगरपालिका ६ फुलकहा निवासी अन्केश यादव र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा  मोटरसाईकल चालक समेत घाइते भएको प्रहरीले जनाएको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved