कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियुक्त

नेपालभ्युज

कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा (४) बमोजिम सुर्खेतका ढकाललाई आज सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि सदस्य रहेका भक्तबहादुर खड्का उमेर हदले अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो ।


Comment

One thought on “कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved