दक्षिणकाली दुर्घटना अपडेट: मृत भेटिएका पुरुष र महिलाको परिचय खुल्यो

नेपालभ्युज

दक्षिणकाली दुर्घटना अपडेट: मृत भेटिएका पुरुष र महिलाको परिचय खुल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुवै जनाको परिचय खुलेको छ ।

खोँचमा भेटिएका धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्षिया सरिता राई भएको खुलेको छ ।

केही दिन अगाडी मोटरसाइकलमा सवार उनीहरु दक्षिणकाली नगरपालिकाको वडा नम्वर ८ मा रहेको केराबारीको खोँचमा खसेका थिए ।

उनीहरु प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित सडकबाट झण्डै २ सय मिटर तल खसेको अवस्थामा भेटिएका हुन् ।

विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ ।

घटनास्थलबाट क्षतिग्रस्त अवस्थामा मोटरसाइकल भेटिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved