महोत्तरीमा महिलामाथि बोक्सी आरोपमा कुटपिट, पति विदेश गएपछि एक्लै थिइन् घरमा

नेपालभ्युज

महोत्तरीमा महिलामाथि बोक्सी आरोपमा कुटपिट, पति विदेश गएपछि एक्लै थिइन् घरमा

जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । महोत्तरीको भंगहा नगरपालिका १ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि कुटपिट भएको हो ।

कुटपिटबाट घाइते जग्तारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ ।

गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् ।

कुटपिट गर्ने राजेशको आफन्तका दुई महिना अघि दुई महिने शिशुको मृत्यु भएको थियो ।

त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित जगतारनको दाबी छ । जगतारको पति वैदेशिक रोजगारीमा छन् ।
यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारमाथि समान्य बिबादमा कुटपिट भएको बताए । तर, बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ ।

उनले पीडित सम्पर्कमा आए सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved