विनोद चौधरी तत्काल पक्राउ नपर्ने, जग्गा हिनामिना अनुसन्धान भने जारी रहने

त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य भाइ अरुणसँगै विनोद चौधरीलगायत थिए । अहिले जारी अनुसन्धानमा त्यसप्रकरणमा विनोद चौधरीले पनि २ हजार कित्ता जग्गा हिनामिना गरेको देखिएको छ । तर, उनलाई तत्काल पक्राउ गरिने छैन ।

नेपालभ्युज

विनोद चौधरी तत्काल पक्राउ नपर्ने, जग्गा हिनामिना अनुसन्धान भने जारी रहने

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेपछि अर्बपति विनोद चौधरीमाथि पनि सीआईबीबीले छानबिन अघि बढाएको छ ।

उनीमाथि २ हजार कित्ता जग्गा हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

यद्यपि उनलाई भने तत्काल पक्राउ नगरिने प्रहरी हेडक्वाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, “त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य भाइ अरुणसँगै विनोद चौधरीलगायत थिए । अहिले जारी अनुसन्धानमा त्यस प्रकरणमा विनोद चौधरीले पनि २ हजार कित्ता जग्गा हिनामिना गरेको देखिएको छ । तर, उनलाई तत्काल पक्राउ गरिने छैन । तर, उनी संलग्न रहेको घटनाबारे अनुसन्धान जारी नै रहनेछ ।”

चौधरी प्रतिनिधिसभा सांसदसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । यसैले प्रहरीमाथि राजनीतिक दबाब आउन सक्ने कुरालाई मध्यनजर गर्दै सीआइबीले विनोद चौधरीको संलग्नताको पर्याप्त आधार खोजिरहेको छ । त्यसपछि पक्राउ गर्ने योजना रहेको प्रहरी स्रोतले बताएको छ ।

देशकै ठूलोमध्येको औद्योगिक-व्यापारिक घराना चौधरी ग्रूप (सीजी) का अध्यक्ष रहेका  कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरीको प्रत्यक्ष संलग्नता देखिएपछि सीआईबीले पक्राउ परिसकेका छन् ।

पक्राउ परेका अरुण चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रूपले विधिविपरीत निजी सम्पत्ति बनाएको देखिएको छ ।

अख्तियारले ‘बाइपास’ गरेका अरुण चौधरी सीआईबीको फन्दामा !

त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शीला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । यसघटनामा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पनि पक्राउ परेका छन् ।

थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

यसरी हत्याएको थियो सीजीले बाँसबारीको जग्गा

बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो ।

२०४० को दशकको सुरूदेखि सरकारी निकायहरूबाटै कारखाना निरन्तर घाटामा रहेको प्रतिवेदन बनाउन थालियो । कारखानाको ८३ रोपनी जग्गा थियो । त्यसमध्ये १० रोपनी बिक्री गर्ने निर्णय भयो ।

२०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१ औँ बैठक बस्यो ।

प्रतिरोपनी २ लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा जग्गा बेच्ने निर्णय भयो । त्यो बेलामा चौधरी समूहको च्याम्पियन फुटवेयर लिमिटेड ६ रोपनी जग्गा बेच्ने निर्णय भएको थियो ।

च्याम्पियन फुटवेयरमा सञ्चालकमा चौधरी, अरूणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल थिए । बाँसबारी छाला तथा जुत्ता कारखाना पनि शेयर सदस्य थियो ।

बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’

किनकि बाँसबारी छाला तथा जुत्ता कारखानालाई चौधरी समूहले जग्गा किनेको पैसा दिएन । शेयर सदस्य बनाएर राख्यो । १५ सय कित्ता शेयर, प्रतिशेयर १ हजार रुपैयाँका दरले बाँसबारी छाला तथा जुत्ता कारखानालाई दिइयो ।

प्रतिरोपनी जग्गाको मूल्य ८ लाख ४९ हजार रुपैयाँ थियो । तर च्याम्पियनले जम्मा २५ लाख रुपैयाँको शेयर दिएर बाँसबारीको १० रोपनी जग्गा हात पार्‍यो ।

तर जग्गा हात पारेपछि फुटवेयर कम्पनी नै बन्द भयो । चौधरी समूहले आफ्ना् सरकारको नाममा रहेको शेयरसमेत एकै पटक आफ्नो समूहले आफ्नोमा नामसारी गर्‍यो ।

यसरी १० रोपनी सरकारी जग्गा नै निजी सम्पत्ति बनाएको थियो ।

१० रोपनी जग्गा अरुण चौधरी र उनकी श्रीमती शीला चौधरीको स्वामित्व रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालीको नाममा छ । अहिले त्यहाँ चौधरी ग्रूपकै चाँदबाग स्कुल छ ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved