बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

नेपालभ्युज

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

काठमाडौं । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

अरुण औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप सीजीका अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताईन् । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।

त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

यो विषयमा अख्तियारको अनुसन्धानमा उजुरी परेको थियो । तर, अख्तियार यो विषयमा अघि नबढेपछि सीआइबीले अनुसन्धान अघि बढाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved