बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’

चौधरी परिवारको कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालगायत कारखानाका उच्चतहका कर्मचारीसँग बलियो साँठगाँठ थियो । त्यही अनुसार मिलेमतोमा जग्गा हिनामिना गरिएको प्रमाणहरू सार्वजनिक भएका छन् ।

नेपालभ्युज

बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पनि पक्राउ परेका छन् ।

जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा नेपाली कांग्रेसका नेता एवम् सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेलगत्तै तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पनि पक्राउ परेका हुन् ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।

काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रूपले विधिविपरीत निजी सम्पत्ति बनाएको हो । त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शीला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

अख्तियारले ‘बाइपास’ गरेका विनोद चौधरीका भाइ अरुण सीआईबीको फन्दामा !

चौधरी परिवारको कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालगायत कारखानाका उच्चतहका कर्मचारीसँग बलियो साँठगाँठ थियो । त्यही अनुसार मिलेमतोमा जग्गा हिनामिना गरिएको प्रमाणहरू सार्वजनिक भएका छन् ।

बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो । तर पछि निरन्तर घाटामा गएको देखाइयो ।

१० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । जग्गा बेच्नकै लागि घटामा गएको देखाइएको थियो ।

२०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्याङ्कनभन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो ।

जुन कम्पनी चौधरी ग्रूपको थियो । जुत्ता कारखानाको थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, वसन्त चौधरीलगायत थिए । पछिल्लो समय यसको शेयर सदस्य अरुण र उनकी श्रीमती शीला थिए ।

अहिले जुत्ता उद्योगको ठाउँमा स्कुल चलाइएको छ । जग्गाधनीको नाम सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ । चौधरी ग्रूप फाउन्डेसनले चाँदबाग स्कुल सञ्चालन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved