अरुण चौधरीसहित तीनै जना रिहा

नेपालभ्युज

अरुण चौधरीसहित तीनै जना रिहा

काठमाडौं। बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना बुधबार रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई एकसाथ रिहा गरेको हो ।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पनि चौधरीसँगै छुटेका हुन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सोमबार हाजिर जमानीमा छाड्न सीआईबीलाई आदेश दिएको थियो । न्यायाधीश आचार्यले हाजिर जमानीमा छाडेर बाँकी अनुसन्धानको कार्य पूरा गर्न आदेश दिएका थिए।

एकदिन पनि ‘हिरासत’ नबसी छुटे अरुण चौधरी, भीआईपी क्याबिनबाटै दिएका थिए बयान

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि उनको ठहर थियो ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक कुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ गते पक्राउ गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा च्याम्पियन फुटवेयर स्थापना गरेर त्यहाँको १० रोपनी जग्गा च्याम्पियनकै नाममा ल्याएर चौधरी समूहले अहिले त्यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved