पक्राउ परेका चौधरी र थापा अस्पतालमा भर्ना

नेपालभ्युज

पक्राउ परेका चौधरी र थापा अस्पतालमा भर्ना

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नियन्त्रणमा रहेका व्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापालाई चिरायु अस्पताल लगिएको छ ।

उनीहरुलाई नियमित जाँचका लागी अस्पताल भर्ना गरिएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

दुवै जनाले उच्च रक्तचापको ‌औषधि सेवन गरिरहेका छन् । स्वास्थ्य जाँचपछि उनीहरुलाई अस्पतालमै भर्ना गरिएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न अदालतले चार दिनको म्याद दिएको छ ।

काठमाडौंबाट पक्राउ परेका उनीहरूलाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

सीआइबीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved