गायिका मेनुका पौडेलले पाइन् एआई जडित चस्मा, पढ्न र एक्लै हिड्न सक्ने चिकित्सकको दाबी

नेपालभ्युज

गायिका मेनुका पौडेलले पाइन् एआई जडित चस्मा, पढ्न र एक्लै हिड्न सक्ने चिकित्सकको दाबी

काठमाडौं ।  इण्डियन आइडलकी प्रतिस्पर्धी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन् ।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा पौडेललाई प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् ।

मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमै पुगेका थिए ।

चिकित्सकका अनुसार विशेष प्रकारको त्यो चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने छिन् । चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले खिचिएको इमेजबारे विस्तृत चित्र बताउने छ ।

चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम गर्न सक्ने चिकित्सकको भनाई छ । आइडलको उपाधिको दाबेदार मानिएकी मेनुका उत्कृष्ट १० भित्र परिसकेकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved