प्रधानमन्त्री कपमा मधेसले दियो लुम्बिनीलाई १७० रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कपमा मधेसले दियो लुम्बिनीलाई १७० रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेसले लुम्बिनी प्रदेशलाई १७० रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा मधेस ४१.३ ओभरमा १६९ रनमा अलआउट भएको हो।

मधेसका लागि अर्निको यादवले ३८ तथा पवन सर्राफ र अभिषेक तिवारीले समान २६–२६ रन बनाए।

लुम्बिनीका लागि वीर सिंहले ४ तथा अभिषेक गौतमले ३ विकेट लिए। कृष्ण कार्की, मोहम्मद हुसेन र निर्मल गुरुङले भने १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved