पल शाह, प्रदीप खड्का र आर्यन सिग्देल एकसाथ एकै फिल्ममा देखिँदै

नेपालभ्युज

पल शाह, प्रदीप खड्का र आर्यन सिग्देल एकसाथ एकै फिल्ममा देखिँदै

काठमाडौं । अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र पूजार सार्कीको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट छायाङ्कनको लागि कास्की गाउँतर्फ हिँडेको छ ।

चलचित्र निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका छन् । पुरानो टेक्स्चरुमा तयार पारिएको पोस्टरमा अभिनेता त्रय आर्यन, प्रदीप र पललाई राखिएको छ ।

पोस्टरको डिजाइनबाट चलचित्रको कथा अहिलेको नभई निकै वर्ष अघिको रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।

साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको अभिनय रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved