आहारारा गोल्डकपमा आज थ्रीस्टार र भुटानी क्लब पारो भिड्दै

नेपालभ्युज

आहारारा गोल्डकपमा आज थ्रीस्टार र भुटानी क्लब पारो भिड्दै

काठमाडौं । आहारारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुने भएका छन् ।

पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच प्रतिष्पर्धा हुने छ ।

पोखरा रङ्गशालामा खेल दिउँसो साढे २ बजे हुने छ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा पुगेको हो । भुटानी क्लब पारो भने बाइ पाएर सीधै क्वार्टरफाइनल पुगेको हो ।

भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता हो । आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । आज जित्ने टोलीले माघ १७ गते जावलाखेल र मनाङमस्र्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved