आहा रारा गोल्डकप : एपीएफलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

नेपालभ्युज

आहा रारा गोल्डकप : एपीएफलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

काठमाडौं। आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले विभागीय डर्बीमा एपीएफ क्लबलाई २–० गोलले पराजित गर्दै क्‍वार्टरफाइनलमा प्रवेश गरेको हो।

पुलिसका लागि दुवै गोल मानबहादुर परियारले गरे।

१९ औं मिनेटमा मानबहादुरले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। ७१ औं मिनेटमा मानबहादुरले पुलिसका लागि दोस्रो गोल गरेका हुन्।

अब माघ १६ गते एपीएफ र चर्च ब्वाईज यूनाईटेडबीच प्रतिस्पर्धा हुनेछ। शनिबार हुने खेलमा भुटानको पारो एफ.सी. र थ्री स्टार क्लब आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved