अफगानिस्तानविरुद्ध आकाश चन्दले लिए ५ विकेट

नेपालभ्युज

अफगानिस्तानविरुद्ध आकाश चन्दले लिए ५ विकेट

काठमाडौं। आइसीसी यू–१९ बलिङमा अफगानिस्तानविरुद्ध नेपाली बलर आकाश चन्दले आफ्नो फाइफर पूरा गरेका छन्।

आकाशले ११.३ ओभरमा हसन आईसखिललाई २० रनमा आउट गर्दै आफ्नो पाँचौँ विकेट लिएका हुन्। आकाशले आफ्नो छैठौं ओभरमा १३ रन खर्चेर ५ विकेट पूरा गरेका हुन्।

उनले यसअघि अलि अहमद, सोहेल खान जुर्माति, जमशिद जाद्रान र खालिद तनिवाललाई आउट गरे। गुल्सन झाले भने नुमन शाहलाई आउट गर्दै नेपालको लागि पहिलो विकेट लिएका थिए।

दक्षिण अफ्रिकाको बलफो पार्कमा जारी खेलमा अफगानिस्तानविरुद्ध नेपालले बलिङ गरिरहेको छ। अफगानिस्तानले १४ ओभरको खेलको समाप्तिमा ६ विकेट गुमाएर ६२ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved