प्रधानमन्त्री कप क्रिकेट :

कर्णालीले दियो पुलिसलाई १७२ रनको मध्यम लक्ष्य, निश्चलको अर्धशतक

नेपालभ्युज

कर्णालीले दियो पुलिसलाई १७२ रनको मध्यम लक्ष्य, निश्चलको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली ४२.५ ओभरमा १७१ रनमा अलआउट भएको हो।

कर्णालीका लागि निश्चल रावलले अर्धशतकीय पारी खेले। उनले १०७ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए। कप्तान रविन्द्र शाहीले ४० र अर्जुन घर्तीले २३ रन बनाए। कर्णालीका ५ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २ तथा कुशल भूर्तेल, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved