आहा रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै जावलाखेल क्वार्टरफाइनलमा

नेपालभ्युज

आहा रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै जावलाखेल क्वार्टरफाइनलमा

काठमाडौं। आहा रारा गोल्डकप फुटबलमा जावलाखेल यूथ क्लब क्वार्टरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो।

जावलाखेलका लागि हिसुब थपलियाले ३८ औं मिनेटमा गरेको गोल नै जावलाखेललाई जित दिलाउन पर्याप्त बनेको थियो ।

क्वार्टरफाइनलमा जावलाखेलले मनाङ मर्स्याङदीसँग खेल्नेछ । मनाङले सिधै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

प्रिक्वार्टरफाइनलको चौथो खेलमा शुक्रबार विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved