प्रधानमन्त्री कप क्रिकेट

गण्डकीमाथि मधेसको प्रभावशाली जित, अपराजित पुलिससँग अंक बराबरी

नेपालभ्युज

गण्डकीमाथि मधेसको प्रभावशाली जित, अपराजित पुलिससँग अंक बराबरी

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३३६ रनको उच्च लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा मात्र १९० रनमा अलआउट भएपछि मधेस प्रभावशाली जित हात पार्न सफल भएको हो ।

जितपछि उसको १० अंक भएको छ । जारी प्रतियोगितामा एकमात्र अपराजित नेपाल पुलिस क्लब र बागमती प्रदेशसँग अंक बराबरी गरे पनि मधेस रनरेटका आधारमा तेस्रो स्थानमा छ । हारपछि पनि गण्डकी ४ अंकका साथ आठौं स्थानमा कायम छ ।

मधेसले दिएको ३३६ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीका कुनै ब्याटर क्रिजमा लामो समय टिक्न सकेनन् ।

उसका लागि ईश्वर क्षेत्री र कमल परियारले समान २७ रन बनाए । जारी प्रतियोगितामा गण्डकीलाई चौथो हार चखाउने क्रममा रन्जित कुमारले ४, हरिशंकर शाहले ३, प्रदीप पासवानले २ र राजेश यादवले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रनको उच्च योगफल तयार पारेको थियो । अनिल साहले १२७ र अरनिको यादवले नटआउट ६३ रन बनाएपछि मधेस ठूलो स्कोर बनाउन सफल भयो ।

दोस्रो ओभरको पहिलो बलमा क्याप्टेन हरिशंकर शाहलाई व्यक्तिगत २ रनमा गुमाए पनि दोस्रो विकेटका लागि अनिलले मयन यादवसँग सतकीय साझेदारी गर्दै मधेसको इनिङ्स उकासेका थिए ।

मयन २७ रनमा आउट भए । पवन सर्राफले ४० र रुपेश सिंहले ३२ रनको योगदान गर्दा अभिशेख तिवारी २७ रनमा अविजित रहे ।

गण्डकीका लागि सन्दीप पराजुलीले २ तथा कृष्ण पौडेल र कमल परियारले एकएक विकेट झारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved