प्रधानमन्त्री कप क्रिकेट

सुदूरपश्चिम बागमतीसँग ९७ रनले पराजित

नेपालभ्युज

सुदूरपश्चिम बागमतीसँग ९७ रनले पराजित

काठमाडौं। बागमती प्रदेशसँग ९७ रनले पराजित भएपछि सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप क्रिकेटको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३०.३ ओभरमा मात्र १५० रनमा समेटियो । सुदूरपश्चिमको ६ खेलबाट ८ अंक छ । जितपछि बागमतीको भने ८ खेलबाट १० अंक भएको छ । उसले अपराजित नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेको छ । हारपछि सुदूरपश्चिम एकैपटक पाँचौं स्थानमा झरेको छ ।

बागमतीले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा नरेन भट्ट र किरण ठगुन्नाले समान ४१-४१ रन बनाए पनि हार भने टार्न सकेनन् । ८ जना ब्याटरले दोहोरो अंक छुन नसकेको सुदूरपश्चिमको इनिङ्समा खडक बोहोराले २१ रन जोडे ।

बागमतीलाई सस्तैमा समेट्ने क्रममा सूर्य तामाङ र विपिन आचार्यले समान ३-३ तथा रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले १-१ विकेट झारे ।

यसअघि सुदूरले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४७ रनको योगफल तयार पारेको थियो । आशुतोष घिरैयाले ५४, क्याप्टेन रित गौतमले ४४ र अशोक पौडेलले ३१ रन बनाएपछि बागमती सम्मानजनक योगफल तयार पार्न सफल भएको थियो ।

नारायण जोशी र शेर मल्लले ३३, विकाश आग्रीले २ तथा मिलन बोहोराले १ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved