ठूला दलप्रति रविको आक्रोश: व्यवस्थाका केही हाइज्याकरलाई चुनावबाट हराए देश बन्छ

उनले देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्ने तर्क गरेका छन् । त्यो भने २०८४ को चुनावपछि हुने उनको ठोकुवा छ ।

नेपालभ्युज

ठूला दलप्रति रविको आक्रोश: व्यवस्थाका केही हाइज्याकरलाई चुनावबाट हराए देश बन्छ

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने टिप्पणी गरेका छन् ।

फेसबुकमा पोस्ट गर्दै उनले देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्ने तर्क गरेका छन् । त्यो भने २०८४ को चुनावपछि हुने उनको ठोकुवा छ ।

आउँदो निर्वाचन लक्षित मिसन ०८४ को अभियान थाल्दै आएका रविले लेखेका छन्, ‘‘व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ । नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८\१० थान मतियार (न्यारेटिभ सेटर) हरूले लामो छुट्टी लिए, सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो । अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ । चुनाव कहिले  ८४ मा ।’’

उनले ठूला दलहरूले मुलुक बिगारेको आरोप लगाएका छन् । राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने उनको दाबी छ ।

उनी भन्छन्, ‘‘संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ ।’’

कम्पनी रजिस्ट्रारमा बुझाएको कागजातका कारण रवि अर्को समस्यामा, कानुनविद्सँग गरे परामर्श

सरकारीको बचत हिनामिनाको आरोप खेपिरहेका उनले घुमाउरो पारामा मिडियाले आफूलाई फसाउन लागेको जिकिर गरेका छन् । ‘‘त्यसपछि मिडिया\सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनुपर्दैन’’ उनले लेखेका छन् ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रविले शेयर छोड्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको कागजात विवादमा परेको थियो ।

उनले १ करोड ८० लाख लिएको तमसुक र बैंक भौचर भेटिए पनि पैसा नलिएको दाबी गरेका थिए । त्यो विषयमा आएको समाचारबारे पत्रकार सम्मेलन गरेर नकारेका उनले फेरी मिडियाले आफूलाई फसाउन लागेको आरोप लगाएका हुन् ।

 

सम्बन्धित समाचार-

१ करोड ८० लाखबारे रवि लामिछाने : जम्मा गर्नेसँग पैसा नभएपछि मेरो खातामा जम्मा भएन

अघिल्लोपटक सम्हालिन नसकेका रवि यसपटक रक्षात्मक

रविले गरे आत्मालोचना, मिडियामाथि गरेको टिप्पणीप्रति मागे माफी

एक करोड ८० लाख लिएको प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको कार्यालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved