कम्पनी रजिस्ट्रारमा बुझाएको कागजातका कारण रवि अर्को समस्यामा, कानुनविद्सँग गरे परामर्श

बैंक भौचर तथा ल्याप्चेसहितको कागज बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयलाई छलेर सेयर कारोबार गरिएको भए अन्यसहित किर्तेको कानुन पनि आकर्षित हुन्छ । यसबारे पर्न सक्ने झमेलालाई लिएर उनी तनावमा छन् ।

नेपालभ्युज

कम्पनी रजिस्ट्रारमा बुझाएको कागजातका कारण रवि अर्को समस्यामा, कानुनविद्सँग गरे परामर्श

काठमाडौं । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले शेयर छोड्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको कागजात विवादमा परेपछि कानुनी परामर्श थालेका छन् ।

१ करोड ८० लाख खातामा लिएको बैंक भौचर भरे पनि आफ्नो खातामा रकम जम्मा नभएको बताएका उनले अर्को तमसुक सार्वजनिक भएपछि वरिष्ठ अधिवक्तासँग परामर्श थालेका हुन् ।

रविले गोर्खा मिडिया छोड्दा १५ प्रतिशत सेयरको रकम १ करोड ८० लाख लिएको देखिएको छ । तर, पैसा लिएको भनेर सरकारी अड्डामा ल्याप्चेसहित कागज गरिदिएका रविले पत्रकार सम्मेलनमा भने रकम आफ्नो खातामा नआएको बताएका थिए ।

१ करोड ८० लाखबारे रवि लामिछाने : जम्मा गर्नेसँग पैसा नभएपछि मेरो खातामा जम्मा भएन

बैंक भौचर तथा ल्याप्चेसहितको कागज बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयलाई छलेर सेयर कारोबार गरिएको भए अन्यसहित किर्तेको कानुन पनि आकर्षित हुन्छ । यसबारे पर्न सक्ने झमेलालाई लिएर उनी तनावमा छन् ।

रविले १५ प्रतिशत सेयर बेच्दा गितेन्द्रबाबु (जीबी) राईसँग १ करोड ८० लाख रुपैयाँ लिएको हस्ताक्षर र ल्याप्चेसहितको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन् । गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) लिँदा १ करोड ८० लाख रुपैयाँ लिएको भन्दै बैंक भौचर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन् । तर, त्यो पैसा खातामा नआएको र प्रक्रिया पुरा गर्न मात्र फेक भौचर बुझाइएको दाबी गरेपछि कानुनी अड्चन देखिएको हो ।

किनकि कम्पनी ऐन २०६३ अनुसार कुनै कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरबाहीसाथ कुनै झुट्टा विवरण बुझाउनु हुँदैन । यदि त्यसो गरेको भए पचास हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

अघिल्लोपटक सम्हालिन नसकेका रवि यसपटक रक्षात्मक

यसअघि रविले आफूले गुडबिल बापतको शेयर हिस्सा पाएको बताएका थिए । टेलिभिजनबाट बिदा हुने दिन उनले आफ्नै कार्यक्रमबाट दर्शकलाई भनेका थिए, ‘यस टेलिभिजनसँग सहकार्य गर्दा मैले आफ्नो पसिनालाई नै आफ्नो थोरै सेयरका रूपमा लिएको हुँ । आज दिउँसो यो सेयर जस्ताको त्यस्तै यो कम्पनीलाई ससम्मान बुझाएर निस्कँदै छु ।’

उनले ‘स्वेट सेयर’ लिएको विषय सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमसँग प्रतिक्रिया दिने क्रममा पनि दोहोर्‍याउँदै आएका छन् ।

सहकारीमा बचतकर्ताले जम्मा गरेको पैसा गोर्खा मिडियामा लगानी थियो । त्यही रकम रविले लिएको भन्दै एउटा मिडियाले निरन्तर समाचार प्रकाशित गरिरहेको छ ।

रविले गरे आत्मालोचना, मिडियामाथि गरेको टिप्पणीप्रति मागे माफी

तर, कम्पनी रजिस्ट्रार कार्यालयमा गोर्खा मिडियाको फाइलमा आफूले बुझाएको फाइल भुठो विवरण भएको उनी आफैँले बताएका छन् । त्यसपछि उनी फेरि कानुनी झोमेलामा परेका हुन् ।

कानुनी झमेलाबाट पार पाउन उनी वरिष्ठ अधिवक्तासँग परामर्शमा रहेको उनी निकट स्रोतले बताएको छ ।

पैसा लिएको छु भनौँ भने सहकारीमा बचतकर्ताको रकम लिएको देखिन्छ । बचतकर्ताको पैसा दुरुपयोगमा रवि प्रत्यक्ष संलग्न भएको ठहर्छ । त्यसैले आफूले पैसा नलिएको उनले दाबी गरेका छन् । तर, लिएको छैन भनेर दाबी गर्दा कम्पनी रजिस्टार कार्यालयमा विवरण बुझाइएको छ । त्यो झुटो ठहर्छ । अहिले रवि यस्तो समस्यामा परेका छन् ।

यही झमेलाबाट पार पाउन उनी मंगलबार दिनभर कानुनी परामर्शमा रहेको निकतवर्तीले बताएका छन् ।

एक करोड ८० लाख लिएको प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको कार्यालय

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved