रविले गरे आत्मालोचना, मिडियामाथि गरेको टिप्पणीप्रति मागे माफी

पत्रकार र मिडिया सञ्चालकप्रति अनावश्यक टिप्पणी हुन गएको र धेरैले आलोचना गरेपछि महसुस भएको रविले सुनाए । २२ माघमा ०७९ मा पत्रकार सम्मेलन गरेर १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएर आरोप लगाएका थिए ।

नेपालभ्युज

रविले गरे आत्मालोचना, मिडियामाथि गरेको टिप्पणीप्रति मागे माफी

काठमाडौं । सहकारी बचतकर्ताको रकम हिनामिना आरोप लागेका रवि लामिछानेले अघिल्लो पत्रकार सम्मेलनमा आफूले पत्रकारमाथि गरेको व्यक्तिगत टिप्पणीप्रति क्षमा मागेका छन् । उनले वर्ष दिनपछि आत्मालोचना गरेका हुन् ।

१ करोड ८० लाख आफ्नो खातामा आएको नआएकोबारे स्पिष्टकण गर्न पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले अघिल्लो पटक २२ माघ २०७९ को पत्रकार सम्मेलनको विषयको टिप्पणीप्रति क्षमा मागे ।

२२ माघमा ०७९ मा पत्रकार सम्मेलन गरेर १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएर आरोप लगाएका थिए ।  पत्रकार र मिडिया सञ्चालकप्रति अनावश्यक टिप्पणी हुन गएको र धेरैले आलोचना गरेपछि महसुस भएको रविले सुनाए ।

रविले भने, ‘‘अघिल्लो पटक म अलि आक्रोशित भएँ । अहिले म त्यस्तो हुँदिन । अघिल्लो पटक केही पत्रकारहरूप्रति व्यक्तिगत रूपमा आलोचना गरेँ । धर्म भुसाल, सम्भव सिरोहियाप्रति गरेको टिप्पणीप्रति माफी माग्छु । तर मिडियाले पनि आफ्नो विश्वसनीयता कायम राख्न समाचारको भेरिफाइड गर्नुपर्छ। ’’

१ करोड ८० लाखबारे रवि लामिछाने : जम्मा गर्नेसँग पैसा नभएपछि मेरो खातामा जम्मा भएन

अहिले भने आफू परिपक्व राजनीतिज्ञ भएको बताउँदै उनले अबदेखि सम्हालिएर बोल्ने बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा भने रास्वपा सभापति लामिछानेले आफू जिम्मेवार ढंगले प्रस्तुत हुन चाहेको बताए । उनले अगाडि भने, ‘त्यस्तो आज पनि हुन्न, भविष्यमा पनि त्यस ढंगले प्रस्तुत हुने विचार गरेको छैन ।’

ग्यालेक्सीको १५ प्रतिशत सेयर लिन सुप्रिम सहकारीबाट रकम लिएर गोर्खा मिडियाको खातामा राखेको र टेलिभिजन छाड्दा गोर्खा मिडियाबाट रविको खातामा एक करोड ८० लाख भुक्तानी लिएको कान्तिपुर दैनिकले प्रमाण सार्वजनिक गरेको थियो । सो विषयमा रविले पत्रकार सम्मेलन गरेर चेक जम्मा भए पनि चेकमा लेखिए जति पैसा नभएपछि आफ्नो खातामा नआएको बताए ।

एक करोड ८० लाख लिएको प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको कार्यालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved