१ करोड ८० लाखबारे रवि लामिछाने : चेक जम्मा गर्नेसँग पैसा नभएपछि मेरो खातामा आएन

लामिछानेले बैंकले खातामा रकम जम्मा नभएको भनि दिएको पत्र समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनले ग्यालेक्सी टेलिभिजनमा गुडबिल शेयर मात्रै भएकाले त्यसबाट मुक्त गर्नका लागि केही कानुनी प्रक्रिया पुर्‍याउन मात्रै चेक जम्मा गरिएको हुन सक्ने बताए ।

नेपालभ्युज

१ करोड ८० लाखबारे रवि लामिछाने : चेक जम्मा गर्नेसँग पैसा नभएपछि मेरो खातामा आएन

काठमाडौं । सहकारी बचतकर्ताको रकम हिनामिना आरोप लागेका रवि लामिछानेले पछिल्लो आरोपबारे स्पष्टीकरण दिएका छन् ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै १ करोड ८० लाख जम्मा नभएको बताएका छन् ।

ग्यालेक्सीको १५ प्रतिशत सेयर लिन सुप्रिम सहकारीबाट रकम लिएर गोर्खा मिडियाको खातामा राखेको र टेलिभिजन छाड्दा गोर्खा मिडियाबाट रविको खातामा एक करोड ८० लाख भुक्तानी लिएको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो ।

तर, रविले भने चेक जम्मा भएपनि सम्बन्धित व्यक्तिको खातामा रकम नभएपछि आफ्नो खातामा जम्मा नभएको बताए । उनले भने, ‘‘मेरो खातामा चेक डिपोजिट भएको हो । तर, चेकमा उल्लेख भएको रकम नभएपछि मेरो खातामा पैसा आएन ।’’

लामिछानेले बैंकले खातामा रकम जम्मा नभएको भनि दिएको पत्र समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनले ग्यालेक्सी टेलिभिजनमा गुडबिल शेयर मात्रै भएकाले त्यसबाट मुक्त गर्नका लागि केही कानुनी प्रक्रिया पुर्‍याउन मात्रै चेक जम्मा गरिएको हुन सक्ने बताए ।

रविले आफ्नो खातामा उक्त रकम जम्मा भएको भए कान्तिपुरलाई नै दिने समेत बताए । उनले भने, ‘स्लिपमा कसैले तपाईको नाम हाल्दिनु भनेको रकम आउनु हैन । मेरो खातामा रकम जम्मा भएको रहेछ भने यो समाचार लेख्नेलाई नै लैजानका लागि आग्रह गर्छु ।’

उनले आफूमाथि खनिए जसरी मिडिया सुन काण्ड र सहकारी ठगीबारे खोज्न लागेमा धेरै समस्या समाधान हुने सुझाव पनि दिए । लामिछानेले सहकारी ठगीमा आफ्नो कहीँ कतै पनि कुनै संलग्नता नरहेको प्रष्ट्याउँदै यसबारे दोषी देखिए कुनै पनि सजाय भोग्न तयार रहेको बताए ।

एक करोड ८० लाख लिएको प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको कार्यालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved