वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६० रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले ४३ रन जोडे । गुडाकेश मोतीले ३३, कप्तान रोस्टन चेसले २३ र जोन्सन चार्ल्सले ११ रन बनाए ।

साथै, एलिक एथेनाजेले ६, केसी कार्टीले १० र आन्द्रे फ्लेचरले १३ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले २/२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक/एक विकेट लिए ।

यसअघि शनिबार भएको सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved