मण्डलामा ‘मासिन्या’ (तस्वीरहरू)

मण्डलामा ‘मासिन्या’ (तस्वीरहरू)

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा तामाङ संस्कृति झल्काउने नाटक ‘मासिन्या’ मञ्चन सुरू भएको छ ।

तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई नाटकमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ ।

दुःखलाई समेत घुँडा टेकाएर, आफ्नै जीवन सङ्घर्षमा रमाइरहेका मान्छेहरूलाई उपल्लो भनिने वर्गले गर्ने व्यवहार अनि माटो, सभ्यता र संस्कृतिलाई लाई माया गरेबापत् राज्यले लाद्ने जरिवाना जस्ता पुनःसंस्करण भइरहने मासिन्या कानूनबाट तामाङ समुदाय कतिन्जेल मासिइरहनुपर्ने ? लगायतका प्रश्नहरूको वरिपरि निर्माण भएको व्यथाको सङ्गम हो नाटक  ‘मासिन्या’ ।

समग्रमा भन्नुपर्दा आफ्नै मौलिक कला, संस्कृति र परम्परामा बाँचिरहेको तामाङ समाजलाई निरङ्कुश राज्यव्यवस्थाले उत्पीडनको निशाना बनाउँदै आएको तीतो यथार्थ नाटकमा प्रस्तुत गरिएको छ ।

लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतले लेखेको नाटक ‘मासिन्या’को यही माघ ११ गतेदेखि नियमित मञ्चन गरिने भएको हो ।

बुद्धि तामाङ र सोनाम लामा को परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा विष्णु मोक्तान, शीतल थोकर तामाङ, शुलभ पाण्डे, रमिला मोक्तान, अजय लामा, सानुमाया तामाङ, निर्मल साउद, सचीन रत्न, रविन दोङ, रुपेश लामा, सुनिल तामाङ, प्रशान्त वाइबा, विकास लामा, विजय नेपाल र इँगिहोपो काँइच सुनुवारको अभिनय रहेको छ ।

नाटक माग २८ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ बजे मण्डला नाटकघर, थापागाउँमा मञ्चन हुनेछ । शनिवार भने दिउँसो २ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ ।

तस्वीरहरु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved