प्रधानमन्त्री कपमा आर्मीले लुम्बिनीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कपमा आर्मीले लुम्बिनीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ६५ रनले हराएको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार भएको खेलमा १७१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २६ ओभरमा ८ विकेट क्षतिमा १०५ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३५ र मृनल गुरुङले १८ रन बनाए। आर्मीका लागि कुशल मल्लले ४ विकेट लिए। सोमपाल कामीले २ तथा अभिनाश कर्ण र शाहब आलमले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभर खेलेर ७ विकेट क्षतिमा १७० रन बनायो। आर्मीका लागि इमरान शेखले ६७ रन बनाए। कप्तान विनोद भण्डारीले ३४ रन जोडे।

लुम्बिनीका नर सार्की र मोहम्मद हुसेनले २–२ तथा कृष्ण कार्की र निर्मल गुरुङले १–१ विकेट लिए।

यससँगै ६ खेलमा ८ अंक जोडेको आर्मी अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट २ अंक जोडेको लुम्बिनी भने नवौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved