प्रधानमन्त्री कपमा पुलिसको अपराजित यात्रा कायमै, मधेस ६ विकेटले पराजित

नेपालभ्युज

प्रधानमन्त्री कपमा पुलिसको अपराजित यात्रा कायमै, मधेस ६ विकेटले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायमै राखेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसले मधेस प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। पुलिसको यो लगातार पाँचौँ जित हो ।

९७ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका लागि सुनिल धमलाले २८ र कुशल भूर्तेलले १९ रन बनाए । मधेसका लागि रंजित कुमार र अर्निको यादवले २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको मधेस २४ ओभरमा ९६ रनमा अलआउट भयो । मधेसका लागि कप्तान अर्निको यादवले २३ र हरिशंकरण शाहले २२ रन बनाए । अन्य ७ खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

मधेसलाई सस्तैमा आउट गर्न पुलिसका सागर ढकालले ५ विकेट लिए । ललित राजवंशीले ४ तथा राशिद खानले १ विकेट लिए ।

लगातार ५ खेलमा जित हासिल गरेको पुलिस १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । ७ खेलमा ८ अंक जोडेको मधेस तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved