प्रधानमन्त्री कप क्रिकेट :

मधेस ९६ रनमा अलआउट, सागरले लिए ५ विकेट

नेपालभ्युज

मधेस ९६ रनमा अलआउट, सागरले लिए ५ विकेट

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध मधेस प्रदेश ९६ रनमा अलआउट भएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको मधेस २४ ओभरमा ९६ रनमा अलआउट भएको हो । यससँगै मधेसले ९७ रनको लक्ष्य पाएको हो ।

मधेसका लागि कप्तान अर्निको यादवले २३ र हरिशंकरण शाहले २२ रन बनाए । अन्य ७ खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

मधेसलाई सस्तैमा आउट गर्न पुलिसका सागर ढकालले ५ विकेट लिए। ललित राजवंशीले ४ तथा राशिद खानले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved