प्रधानमन्त्री कप क्रिकेट :

आर्मीविरुद्ध एपीएफ १२१ रनमा अलआउट, रोहितको अर्धशतक

नेपालभ्युज

आर्मीविरुद्ध एपीएफ १२१ रनमा अलआउट, रोहितको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा एपीएफ क्लब १२१ रनमा अलआउट भएको छ ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको एपीएफ ३२.४ ओभरमा १२१ रनमा अलआउट भएको हो । यससँगै त्रिभुवन आर्मी क्लबले १२२ रनको लक्ष्य पाएको छ ।

एपीएफका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले १०३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन बनाए ।

आर्मीका लागि सोमपाल कामीले ३, अभिनाश कर्णले २ तथा, विवेक यादव, शाहब आलम र बसिर अहमदले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved