प्रधानमन्त्री कप क्रिकेट :

बागमतीले दियो गण्डकीलाई १९९ रनको लक्ष्य

नेपालभ्युज

बागमतीले दियो गण्डकीलाई १९९ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमतीले गण्डकी प्रदेशलाई १९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको बागमती ४९.१ ओभरमा १९८ रनमा अलआउट भएको हो । बागमतीका लागि अशुतोष घिरैयाले ४४ र इशान पाण्डेले ४३ रन बनाए ।

बागमतीलाई सस्तैमा प्याक गर्न कमल परियारले ४ विकेट लिए । विपिन खत्री र अमृत गुरुङले २–२ तथा सन्दीप पराजुलीले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved