धरान उपमहानगरमा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक, हर्कले निकाले सूचना

पुस २९ गते बसेको नगर कार्यपालिकाको बैठकले सूर्तीजन्य वस्तु बिक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार मेयर साम्पाङले आज सूचना निकालेका हुन् । 

नेपालभ्युज

धरान उपमहानगरमा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक, हर्कले निकाले सूचना

काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु भण्डार, बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । यसअघि काठमाडौंमा लगाइएको यस्तै खालको रोक अदालतले हटाएको थियो ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनभित्र यस्ता वस्तु बिक्री वितरण र प्रयोग गर्न नपाईने जनाएका हुन् ।

त्यसअघि पुस २९ गते बसेको नगर कार्यपालिकाको बैठकले सूर्तीजन्य वस्तु बिक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार मेयर साम्पाङले आज सूचना निकालेका हुन् ।

सूचनामा सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान पराग वा यस्तै सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोग गरे नगर प्रहरीले जफत गर्नुका साथै कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

यस्ता वस्तुले नगरमा फोहरमैला बढेको तथा मानव स्वास्थ्यमा पनि नकारात्मक असर परेकाले प्रतिबन्ध लगाउनु परेको पनि सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved