बरहथवा घटना : मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति दिइने, छानबिन समिति गठन

नेपालभ्युज

बरहथवा घटना : मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति दिइने, छानबिन समिति गठन

काठमाडौं । सरकारले बरहथवा घटनाको छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
गृहमन्त्रालयले प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको बरहथवा घटनाको सत्यतथ्य छानबिनका लागि तीन सदस्यीय समिति बनाएको हो ।

मन्त्रालयले मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमलाई समितिको संयोजकमा तोकिएको छ । सदस्यहरूमा प्रहरी महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेके गृह मन्त्रालयले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा शुक्रबार सर्लाहीमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा बरहथवा नगरपालिका–५ मा ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved