सरकारले राम्रो काम गरेन, देशको अवस्था दयनीय भयो : डा. रामवरण यादव

नेपालभ्युज

सरकारले राम्रो काम गरेन, देशको अवस्था दयनीय भयो : डा. रामवरण यादव
फाइल फोटो

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको जिकिर गरे । उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए ।

उनले दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गरे । उनले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको भनाइ राखे ।

प्रथम राष्ट्रपति यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरु एक हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved