अपराध र प्रेम कथा बस्तुमा आधारित ‘परिणाम’ म्यूजिक भिडिओ सार्वजनिक

नेपालभ्युज

अपराध र प्रेम कथा बस्तुमा आधारित ‘परिणाम’ म्यूजिक भिडिओ सार्वजनिक

काठमाडौं । अपराध र प्रेम कथा बस्तुमा आधारित ‘परिणाम’ बोलको म्यूजिक भिडिओ सार्वजनिक भएको छ । भिडिओमा मिशेल घिमिरे र समीप निरौलाको फिचर्ड छन् ।

फिमेल भर्सनमा रहेको भिडिओ गीतमा साक्षी–श्रेयको रचना, सङ्केत अगस्तीको सङ्गीत, बिपना विष्टको स्वर, विशाल निरौला सङ्गीत संयोजन छ । गीतमा मिक्सिङ्ग-माष्टरिङ् रञ्जन राईको छ ।

सङ्केत अगस्तीले निर्देशन गरेको भिडिओलाई राम केसीले खिचेका हुन् । टेकेन्द्र शाहको सम्पादन-भीएफएक्स छ ।

भिडिओमा बाल उमेरमै संयोगवश अपराधी बन्न पुगेको एक पुरुष पात्र, उसको कहालीलाग्दो युवा अवस्था र भताभुङ्ग भएको प्रेमकथालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ । भिडिओको संवाद समीप निरौलाले लेखेका हुन् । भिडिओको निर्माण प्रेम थापा र श्रीकृष्ण निरौलाले गरेका हुन् ।

म्यूजिक भिडिओमा सहयोगी कलाकारको रूपमा श्रेय अगस्ती, कृतिका गौतम, भूपेन्द्र निरौला, सविन मगर, सञ्चिता मगर, लक्षिता चापागाईँ, सुवास शाह, उनीका श्रेष्ठ, सौगात खड्का, सुलभ खड्काका साथै बाल कलाकार नूर दाहाल र आराध्य निरौलाको अभिनय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved