बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

नेपालभ्युज

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको छ । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत सहभागी छन् ।

राष्ट्रियसभा निर्वाचन नजिकिएकाले यो बैठकलाई महत्वका साथ हेरिएको छ । शनिबार सकिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved