नाटक ‘गुलाफ’को मण्डलामा ‘वर्ल्ड प्रिमियर’ मञ्चन (तस्वीरहरू)

नाटक ‘गुलाफ’को मण्डलामा ‘वर्ल्ड प्रिमियर’ मञ्चन (तस्वीरहरू)

काठमाडौं । नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’ को मण्डला थिएटरमा पुस ११ गतेदेखि मञ्चन सुरु भएको छ। ‘वर्ल्ड प्रिमियर’ भनिएको यो नाटकले नेपालदेखि युरोपसम्मको यात्रा तय गर्ने निर्माण पक्षले बताएको छ।

प्रसव पीडाबाट खुशीमा रुपान्तरित हुँदै मायाको उपहारको रूपमा भर्खरै जन्मेको शिशुलाई आफ्नो जीवनसाथीको हातमा राखिदिन र उबाट मायाको न्यानो स्पर्श पाउन पर्खिरहेको जीवनकै सुन्दर क्षणमा, जीवनसाथीले आफ्नो खुशीको खोजीका लागि घर–परिवार त्यागेर निस्केको खबर सुनेर मर्माहत भएकी एउटी महिला यशोधराको अनुभूतिलाई नाटकमा समावेश गरिएको छ।

त्यस चरम पीडा र विछोडका कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावना, विकार, त्यसले पारेको प्रभाव र परिवर्तनहरू नै यो नाट्य प्रस्तुतिको मूल विषय हो। नाटकमा यशोधराको प्रसव पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस गरिएको छ।

रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा कलाकार दिया मास्के र सरिता साहको अभिनय रहेको छ।

नाटक पुस २२ सम्म सोमबारबाहेक हरेक दिन साँझ ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved