काठमाडौं। नेपाल प्रो क्लब टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपाल आर्मी क्लबले पर्सा क्लब ११ लाई पराजित गरेको छ।
वीरगंजको नारायणी क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले पर्सालाई ६६ रनले पराजित गरेको हो। आर्मीको यो लगातार तेस्रो जित हो।
१६० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको पर्साले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा मात्र ९३ रन बनायो। पर्साका लागि कप्तान सन्दीप लामिछानेले अविजित ३२ र इम्रान शेखले १८ रन बनाए। आर्मीका लागि शाहब आलम र बसिर अहमदले ३–३, कुशल मल्लले २ तथा राजेश पुलामीले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र १५९ रन बनायो। आर्मीका लागि कुशल मल्लले ६३ र कप्तान विनोद भण्डारीले २६ रन बनाए। पर्साका लागि भने रुपेश सिंह, रंजीत कुमार, सन्दीप लामिछाने, पवन सराफ र नसारुद्दीन अन्सारीले १–१ विकेट लिए।
३ खेलबाट ६ अंक जोडेको आर्मी अंक तालिकाको शीर्ष स्थानमा छ। ३ खेलबाट ४ अंक जोडेको पर्सा तेस्रो स्थानमा छ।
Facebook Comment
Comment